nmb bank

गृहपृष्ठ बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिनु भएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु