global ime bank Long Banner Ad

गृहपृष्ठ संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ । चवालीस पाटे बाघ, २३ गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृतिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृतित्र पोखरी रहेको बताए । “गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृतिम पोखरीले निकै सहज भएको छ”, उनले भने, “अहिले त पानीको मुहान/पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन् ।”

शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् । “यस वर्ष पोखरीको मर्मत÷सम्भारका लागि बजेट आउँदा छ÷सात सरसफाइ एवं मर्मत गरियो ।” उनले भने, “कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ ।

“पानीका लागि अझै पोखरी थप्ने पाए हुन्थ्यो”, उनले भने, “अहिले त बाघ देखिने क्रम पनि बढेको छ ।” ताल उत्खनन र पुर्नभरण, पर्यावरण प्रर्वद्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकारका राखिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ । तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्गकिलोमिटरको विशाल घाँसे मैदान छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु