nmb bank

गृहपृष्ठ सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु