nmb bank

गृहपृष्ठ गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो ।

गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८/५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि गुजरातले १७/३ ओभरमा अल आउट हुदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो ।

यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन् ।

प्रकाशित समय : ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु