nmb bank

गृहपृष्ठ पोल्याण्ड र युक्रेनबीच कृषि आयात विवादबारे छलफल

पोल्याण्ड र युक्रेनबीच कृषि आयात विवादबारे छलफल

पोल्याण्ड र युक्रेनबीच कृषि आयात विवादबारे छलफल

युक्रेनी कृषि आयात र पोल्याण्डका असन्तुष्ट किसानहरूको सीमा नाकावन्दीलाई कम गर्न लामो समयदेखि प्रतिक्षा गरिएको वार्ताका लागि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना युक्रेनी समकक्षीलाई बिहीबार निमन्त्रणा गरेको छ ।

युक्रेनको कट्टर समर्थक रहेको पोल्याण्डले रूसी आक्रमणविरुद्ध लडिरहेको छ, तर आर्थिक विवादका कारण पछिल्ला महिनाहरूमा सम्बन्धमा तिक्तता आएको छ । किसानहरूले युक्रेन भएको आयातले उनीहरूको आफ्नो उत्पादनको मूल्य घटाएको गुनासो गरेका छन् ।

“स्वतन्त्र युक्रेनबिना कुनै पनि युरोपेली मुलुक सुरक्षित हुन सक्दैन,” टस्कले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

किएभले आफ्नो ईयू छिमेकीलाई सीमापार ट्राफिक जाम कम गर्न बारम्बार आग्रह गर्दै आएको छ र नाकाबन्दीका कारण उत्पन्न ढिलाइले देशमा हतियार आपूर्तिमा बाधा पु¥याउन सक्ने चेतावनी दिँदै आएको छ ।

“हामी व्यावहारिक र रचनात्मक संवाद र प्रभावकारी समाधानको विकासमा भरोसा गर्दछौं,” शमिगलले भने ।

अहिलेसम्म दुई देशबीच तल्लो तहमा मात्र भएको वार्ताले कुनै प्रगति हाँसिल भएको छैन ।

“यी वार्ताहरूपछि हुने कुनै विशेष सम्झौतापछि पनि समस्याको पूर्ण समाधान हुन कठिन छ तर दुवैको हितलाई मध्यनजर गर्दै समस्याको समाधान गर्ने प्रयास गरिनु आवश्यक छ,” टस्कका चिफ अफ स्टाफ यान ग्राबिकले पोल्याण्डको सरकारी समाचार संस्था पीएपीसँग बताए ।

सन् २०२२ मा रूसले सुरू गरेको आक्रमणका कारण युक्रेनको कृषि क्षेत्र अस्तव्यस्त बनेको छ । ‘ब्ल्याक सी’ हुँदै जाने धेरै निर्यात मार्गहरू अवरुद्ध भएका छन् र द्वन्द्वका कारण खेतीयोग्य जमिनको ठूलो हिस्सा प्रयोगविहीन भएको छ ।

दुई देशका मन्त्रीहरूबीच रक्षा सहकार्यका विषयमा छलफल गर्न बिहीबार पनि वार्ता हुने बताइएको छ ।

युक्रेनी अधिकारीहरूले वार्सालाई उनीहरूको साझा सीमामा वार्ता गर्न आह्वान गरेपछि टस्कले गत महिना वार्सामा बैठकको गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु