nmb bank

गृहपृष्ठ अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

बारामा सुस्त मनस्थिति भएकी बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ।

बाराको कोल्हवी नगरपालिका-८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्कीमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए।

मुद्दा दर्तासँगै जिल्ला अदालत बाराबाट म्याद थमाएर कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

अहिले आरोपी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। अनुसन्धानपछि घटनाको पूर्ण विवरण आउने प्रहरी प्रवक्ता डिएस्पी न्यौपानेले जानकारी दिए।

बारा कोल्हवी नगरपालिका-८ काँटगाऊँका समबहादुर तामाङको सुस्तमनस्थितिकी छोरी रमिता तामाङलाई आफ्नै घरबाट यही चैत ८ गते ८ बजे राति अपहरण गरी दुई दिनसम्म दुर्व्यवहारसमेत गरेको मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोलहबिले ४ दिनअघि आरोपी कार्कीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाएको थियो।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत भइसकेको प्रहरीले जनाएको छ। बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो। महिला सेल प्रमुख इन्स्पेक्टर बिमला कुमारी कठायतले प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय कोलबिका प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीको सक्रियताले आरोपी उम्किन नसकेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु