global ime bank Long Banner Ad

गृहपृष्ठ सांसदहरुलाई ओलीले भने, ढुक्कसंग विश्वासको मत दिनुस

सांसदहरुलाई ओलीले भने, ढुक्कसंग विश्वासको मत दिनुस

सांसदहरुलाई ओलीले भने, ढुक्कसंग विश्वासको मत दिनुस

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई वर्तमान सरकारको आलोचना नगर्न निर्देशन दिएका छन्।

राष्ट्रियसभा र प्रतिनिधिसभामा एमाले संसदीय दलको संयुक्त बैठकलाई मंगलबार सम्बोधनका क्रममा ओलीले सरकारको आलोचना गर्नैपरे पार्टीभित्रै गर्न भनेका हुन्।

‘म दोहोर्‍याएर भन्न चाहन्छु, सरकारको आलोचना नगर्नु होला, सरकारको आलोचना गर्दा पार्टीभित्रै आन्तरिक रूपमा गर्दा हुन्छ,’ उनले बैठकमा भने ।

उनले फ्याट्ट फ्याट्ट बोल्दा कहिलेकाहीँ कुरो बिग्रिने बताए। त्यसैले सांसदहरूलाई सम्हालिएर बोल्न पनि उनले सुझाव दिए।

‘कहिलेकाहीँ देख्दा एउटा हुन्छ, तर सत्य अर्कै हुन्छ। डोरीको त्यान्द्रो देख्दा सर्प जस्तो लागेर झसङ्ग होइन्छ। तर त्यो डोरी हो भन्ने थाहा हुँदा ढुक्क बनिन्छ’, उनले भने, ‘डोरी देख्दा पनि झस्किएर सजग त भइयो नि। कहिलेकाहीँ फ्याट्ट(फ्याट्ट बोल्दा कुरो बिग्रिन सक्छ। हामी सजग हुनु जरुरी छ।’

ओलीले बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ढुक्कले विश्वासको मत दिन सांसदहरूलाई ह्विप लगाए।

प्रधानमन्त्रीले गलत गठबन्धन तोडेर देशलाई विकल्प दिने गरी उचित गठबन्धन बनाउन पहल गरेको उनले उल्लेख गरे।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु