global ime bank Long Banner Ad

गृहपृष्ठ राताम्मे शेयर बजार, आज १४ अंकको गिरावट

राताम्मे शेयर बजार, आज १४ अंकको गिरावट

राताम्मे शेयर बजार, आज १४ अंकको गिरावट

आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ४६ अंकले घटेर २,०६२ दशलमव ०३ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ ।

आज उत्पादनमुलक तथा प्रशोधन उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ०१ प्रतिशतका दरले कमाएका छन् । जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु