global ime bank Long Banner Ad

गृहपृष्ठ जीवन बीमा कम्पनीहरुको नाफा २२ प्रतिशतले बढ्यो, कुनको कति ?

जीवन बीमा कम्पनीहरुको नाफा २२ प्रतिशतले बढ्यो, कुनको कति ?

जीवन बीमा कम्पनीहरुको नाफा २२ प्रतिशतले बढ्यो, कुनको कति ?

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको खुद नाफा बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण गत आवको तुलनामा कम्पनीहरुको खुद नाफा समग्रमा २२ प्रतिशतले बढेको हो ।

१४ वटा जीवन बीमा कम्पनीले यो अवधिमा ३ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा यस्तो नाफा २ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ थियो ।

दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा सानिमा रिलायन्सको बढेको छ । सानिमा रिलायन्सको नाफा ९६.५१ प्रतिशतले बढेको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ११ करोड १८ लाख रुपैयाँ थियो ।

त्यसैगरी, आईएमई लाईफको ९६.२४ प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, सूर्यज्योति लाईफको खुद नाफा ६२.९५ प्रतिशतले बढ्दा लाईफ ईन्स्योरेन्स कर्पोरेशनको खुद नाफा ५९.७७ प्रतिशतले बढेको छ । यी कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्ममा आर्जन गरेको खुद नाफा क्रमशः २३ करोड ६६ लाख र १३ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा यी कम्पनीहरुले क्रमशः १४ करोड ५२ लाख र ८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

यसैगरी, राष्ट्रिय जीवन बीम कम्पनीको खुद नाफा ४३.४३ प्रतिशतले, प्रभु महालक्ष्मीको ३६.११ प्रतिशतले, मेट लाईफको ३३.५६ र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीको खुद नाफा १६.९१ प्रतिशतले बढेको हो । दोस्रो त्रैमाससम्म आईपुग्दा हिमालयन लाईफको खुद नाफा घटेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ८.२५ प्रतिशतले घटेको हो ।

ईपीएस

ईपीएसका हिसाबले सबैभन्दा अब्बल सन नेपाल लाईफ रहेको छ । सन नेपालको ईपीएस २०.५२ रिपैयाँ हुँदा राष्ट्रिय जीवन बीमाको ईपीएस १५.७९ रुपैयाँ रहेको छ । त्यसैगरी, आईएमई लाईफको ११.७४, रिलायबलको ११.५५, नेपाल लाईफको १०.४२ र सूर्यज्योतिको १०.४१ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा थोरै ईपीएस सिटिजन लाईफको रहेको छ । कम्पनीको ईपीएस ६।६० रुपैयाँ रहँदा हिमालयन लाईफको ८.६३ रुपैयाँ रहेको छ ।

 

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु