global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३.७२ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले खुद ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको कुल बीमाशुल्क संकलन पनि बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिका कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा ६० करोड १६ लाख रुपैयाँ बढी दाबी भुक्तानी दिएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले दिर्घकालिन रुपमा ३३ करोड ३१ लख रुपैयाँ र अल्पकालिन रुपमा ४ अर्ब २७ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।

हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ चुँक्ता पुँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी १६.०२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १९४.८५ रुपैयाँ र पिई अनुपात ४०.१० गुणा रहेको छ ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु