गृहपृष्ठ बीमा सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने मस्यौदा तयार, थप सुझाव माग
बीमा सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने मस्यौदा तयार, थप सुझाव माग
नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो ।
भौतिक रुपमा हुँदै आएको बिमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो । बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा तयार पारेको प्राधिकरणले जनाएको छ ।
मस्यौदा अनुसार अब जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरुले डिजिटल प्लाटफर्म निर्माण गर्नुपर्नेछ । जहाँ बिमितले अनलाईबाटै इन्स्योरेन्स पोलेसी खरिद,सरेण्डर तथा बिमा दाबीभुक्तानी समेत गर्न सक्नेछन् ।
प्राधिकरणले मस्यौदा तयार पार्दै बिमा कम्पनीहरुले आइटी क्षेत्रमा गर्दै आएको लगानी थप बढाउनुपर्ने उल्लेख गरेको छ । प्रविधिमत्री तथा पारदर्शी बनाउनका लागि प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाईन २०८० को मस्यौदा तयार पारेको हो । प्राधिकरणले फागुन २ गते भित्र मस्यौदा उपर जानकारबाट सुझाव माग पनि गरेको हो ।
प्रकाशित समय : १०:४५ बजे



















