global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ ।

६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए ।

ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए । ‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै ९साइट क्लियर भएसँगै० आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु