global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यकाल नसकिदैं प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेशकुमार भट्टराई

कार्यकाल नसकिदैं प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेशकुमार भट्टराई

कार्यकाल नसकिदैं प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेशकुमार भट्टराई

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बाहिरिएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले बुधबार भट्टराईलाई फागुन एक गतेबाट लागुहुने गरि अवकास दिने निणर्य गरेको हो ।

सीईओ भट्टराई कम्पनीबाट बाहिरिएपछि निमित्तको जिम्मेवारी सिनियर डेपुटी सीईओ सन्तोष प्रसाईंले पाउने भएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा गएपछि भट्टराई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।

मर्जर अगाडि महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईलाई मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा २०८० असारमा नियुक्त गरिएको थियो ।

चार वर्षको कार्यकालका लागि नियुक्ति पाएका उनी कार्यकाल नसकिँदै इन्स्योरेन्सबाट बाहिरिएका हुन् ।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु