गृहपृष्ठ यू-१९ विश्वकप : आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने
यू-१९ विश्वकप : आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने
जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ ।
समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो ।
अहिलेसम्म समुह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
प्रकाशित समय : ०७:३५ बजे



















