global ime bank Long Banner Ad

गृहपृष्ठ अभ्यास खेलमा अण्डर १९ नेपाली टोलीले आज वेस्ट इन्डिजसँग खेल्ने

अभ्यास खेलमा अण्डर १९ नेपाली टोलीले आज वेस्ट इन्डिजसँग खेल्ने

अभ्यास खेलमा अण्डर १९ नेपाली टोलीले आज वेस्ट इन्डिजसँग खेल्ने

विश्वकप खेल्न अफ्रिका पुगेको आईसीसी अण्डर १९ नेपाली टोलीले अभ्यास खेल अन्तर्गत आज वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ ।

नेपालले यसअघि खेलेका तीनवटै अभ्यास खेल जितेको छ । शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ ।

विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् ।

प्रकाशित समय : ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु