global ime bank Long Banner Ad

गृहपृष्ठ तुलसीपुरमा प्लाष्टिक गोदाममा आगलागी

तुलसीपुरमा प्लाष्टिक गोदाममा आगलागी

तुलसीपुरमा प्लाष्टिक गोदाममा आगलागी

तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा सोमबार राति साढे आठ बजेतिर आगलागी भएको छ ।

तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । आगलागी भए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाइएको थियो ।

गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु