global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ। उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जानकारी दिए ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो । उनी बोल्न सक्ने अवस्थामा रहेको डीएसपी जोशीले बताए ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु