global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ उपत्यकामा आजबाट मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट बिहान ९ बजे मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दैछन् । गएको वर्षायाममा रोकिएको पानी वितरण आजबाट फेरि सुरु हुन लागेको हो ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनको भनाइ छ ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।

२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।

२०७८ साल असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण हुन सकेको थिएन ।

 

प्रकाशित समय : ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु