global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा दिलीपकुमार ढुंगाना नियुक्त भएका छन् । बिहीवार उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिको सोमवारको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुंगानाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा गभर्नर अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय वृद्धिमा लाग्न सुझाव दिए । बैंकका नवनियुक्त अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभव भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु