global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल वायुसेवा निगमका पाइलटविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल वायुसेवा निगमका पाइलटविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल वायुसेवा निगमका पाइलटविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल वायुसेवा निगमका एक पाइलटलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले २०७१ फागुन १० देखि जुनियर क्याप्टेनमा नियुक्ति भई आठौं तहको क्याप्टेनमा बढुवा हुँदा शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट पेश गरेको उजुरीको आधारमा छानबिन अघि बढाइएको थियो ।

शाहले भारतको सेकेण्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भीएसजे इन्टर कलेज सराहरी गोरखपुरबाट २०२३ को इन्टरमिडियट (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएको घिमिरेले बताए ।

 

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु