global ime bank Long Banner Ad

गृहपृष्ठ प्राधिकरणले काट्यो थप दुई वटा उद्योगको बिजुली

प्राधिकरणले काट्यो थप दुई वटा उद्योगको बिजुली

प्राधिकरणले काट्यो थप दुई वटा उद्योगको बिजुली

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप दुई वटा उद्योगको बिजुलीको लाइन काटिदिएको छ ।

प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील उद्योगको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो ।

शुक्रबारदेखि प्राधिकरणले बढी बक्यौता भएको उद्योगको लाइन काट्न सुरू गरेको हो ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु