global ime bank Long Banner Ad

गृहपृष्ठ विदेश पठाइदिन्छु भन्दै दुई करोड ठगी गर्ने उपाध्याय दुबईबाट पक्राउ

विदेश पठाइदिन्छु भन्दै दुई करोड ठगी गर्ने उपाध्याय दुबईबाट पक्राउ

विदेश पठाइदिन्छु भन्दै दुई करोड ठगी गर्ने उपाध्याय दुबईबाट पक्राउ

लाखौं रुपैयाँ ठगी गरेर विदेशमा रहेका एक आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याएको छ।

सर्लाही घर भएका ४१ वर्षीय कोमलराज उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले इन्टरपोलको सहयोगमा संयुक्त अरब इमिरेट्सबाट ल्याएको हो।

उनी विरुद्ध ८३ जनाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। दुबईमा विभिन्न पदमाआकर्षक तलब हुने भन्दै रोजगारीको प्रलोभन देखाएर दुई करोड ६३ लाख ५४ हजार संकलन गरेका थिए। भिजिट भिसामा दुबई बोलाएर रोजगारीमा लगाउन नसकी उनले त्यहाँ पुगेका नेपालीहरुलाई बिचल्लीमा पारेका थिए।

उनी विरुद्ध प्रहरीले २०७९ बैशाख २७ गते रेड नोटिस जारी गरेको थियो। अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक उल्लेखित कसूरमा कारबाहीको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु