global ime bank Long Banner Ad

गृहपृष्ठ छ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

छ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

छ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार भएका ३०५ कम्पनी मध्ये ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

आज १० प्रतिशत बढीले मूल्य बढेका कम्पनीमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वरोजगार लघु वित्त विकास बैंक लिमिटेड, जीवन विकास लघुवित्त संस्था लि, बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन् । आज बोटलर्स नेपालको शेयर मूल्य ३९५ रुपैयाँले बढेको छ । त्यस्तै सूर्यज्योति लाइफको ५२ रुपैयाँ ७० पैसा, स्वरोजगार लघुवित्त विकास बैंकको ६० रुपैयाँ र जीवन विकासल लघुवित्तको १३६ रुपैयाँले बढेको छ ।

त्यसतै बिपीडब्लु लघुवित्तको शेयर मूल्य १०४ रुपैयाँ ६० पैसा र ह्याथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य ६८ रुपैयाँ २० पैसाले बढेको छ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु