गृहपृष्ठ लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा २६ लाखको क्षति
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा २६ लाखको क्षति
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ८ पोखरे बरबोटमा रहेको ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको भएको हो ।
आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना, र नगद १५ हजार रुपैयाँसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार बिचल्लीमा परेको छ ।
प्रकाशित समय : १२:१० बजे


















