गृहपृष्ठ रिगलविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
रिगलविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
राष्ट्रपतिबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च स्रोतले जनाएको छ।
ज्यानमुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो।
रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताएका थिए।
व्यक्तिहत्याको अपराधमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रिगललाई राष्ट्रपतिबाट कैद मिनाहा भएपछि पीडितका तर्फबाट दायर रिटमा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो।
प्रकाशित समय : १६:५१ बजे



















