global ime bank Long Banner Ad

गृहपृष्ठ प्रसाईलाई कालोमोसो छ्यापेको स्टाटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाको संक्षा दिदैँ’ सामाजिक सञ्जालमा गाली

प्रसाईलाई कालोमोसो छ्यापेको स्टाटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाको संक्षा दिदैँ’ सामाजिक सञ्जालमा गाली

प्रसाईलाई कालोमोसो छ्यापेको स्टाटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाको संक्षा दिदैँ’ सामाजिक सञ्जालमा गाली

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरे ।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी भइरहेको छ ।

यही विषयलाई एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई १’ लेखेका थिए ।

बस्नेतको उक्त स्टाटसमा करिब १ हजार ५ सय कमेन्ट सर्वसाधारणले गरेका छन् । जसमध्ये १४ सयभन्दा बढीले प्रसाईमाथि भएको ज्यादतीको विरोध गर्दै बस्नेतलाई मनपरी गाली सामाजिक प्रयोगकर्ताले गरेका छन् ।

प्रसाईलाई कालोमोसो छ्यापेको स्टाटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाले जानेको यति नै हो’ भन्दै सामाजिक सञ्जालमा मनपरी गाली र उनको विगतका हर्कतका बारेमा पनि सर्वसाधारणले कमेन्टमा खुलासा गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाश खानले टोले गुन्डाले जानेको यति नै हो भनेर बस्नेतको स्टाटसमा कमेन्ट गरेका छन । भने, बस्नेतको स्टाटसमा दुर्गा बहादुर महतले ‘तेरो गोठालाले दलेका हुन् । आफनो पालो पनि आउने भन्दै’ कमेन्ट गरेका छन् ।’ यस्तै, बस्नेतलाई सामाजिक सञ्जालमा जुत्ताको माला लगाउनुपर्ने भन्दै कमेन्ट समेत गरेका छन् ।

बस्नेतको स्टाटसमा प्रसाईलाई छ्यापेको कालोमोसोको बदला चाँडै लिनुपर्ने समेत कमेन्ट आएको छ । बस्ने एकै दिन गरेको दुई वटा स्टाटसमध्ये नराम्रो गाली धेरै आएपछि एउटा स्टाटस भने आज बिहान हटाएका छन् । प्रसाई कालोमोसो छ्यापेपछि बस्नेतको पार्टीभित्र अराजक गतिवधि गरेको भन्दै कारवाहीका लागि आवाज समेत उठन थालेको छ । यो विषयमा जानकारी लिन खोज्दा उनी सम्र्पकमा आएनन ।

प्रसाईको पक्षमा कमेन्ट गर्ने सामाजिक सञ्जालकर्तालाई युवा संघका केही व्यक्तिले गाली र धम्की समेत दिएका छन् ।
प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल गु्रप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका छन् ।
कालोमासो छ्पाप्दै उनीहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद र पवन गोल्यान जिन्दावाद समेत भन्दै नारा लगाएका थिए ।

सर्वहारा र भुँईमान्छेको पक्षमा बोल्दा एमालेनिटक युवा संघले केही मारवाडी तस्करीसँग मिलेर कालोमोसो छ्यापेको प्रसाईले आरोप लगाए ।
प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको समेत जानकारी गराए ।
कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरे । उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए ।

 

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु