गृहपृष्ठ बालेन र सुनिता पुगे कांग्रेस नेता रिजाललाई श्रद्धाञ्जली दिन ग्राण्डी अस्पतालमा
बालेन र सुनिता पुगे कांग्रेस नेता रिजाललाई श्रद्धाञ्जली दिन ग्राण्डी अस्पतालमा

काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।
डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन । ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् । रिजालको बिहान निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।
प्रकाशित समय : ११:०० बजे