गृहपृष्ठ यात्रुवाहक बस त्रिशुलीमा खस्यो, उद्धार टोली परिचालन
यात्रुवाहक बस त्रिशुलीमा खस्यो, उद्धार टोली परिचालन
धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३- ०१- ००५ ख ९९५२ बस गजुरी– २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १२:२८ बजे



















