गृहपृष्ठ युक्रेनमा रुसको मिसाइल आक्रमण : ७ जनाको मृत्यु, ९० घाइते
युक्रेनमा रुसको मिसाइल आक्रमण : ७ जनाको मृत्यु, ९० घाइते
रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । अरु ९० जना घइते भएका छन् । मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित केही बालबालिकाहरू पनि रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनहरूमा आक्रमण गरेको जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की भने यतिबेला स्विडेन पुगेका छन् । त्यहाँ उनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, शाही परिवार र अन्य अधिकारीहरूसँग भेटघाट गर्न स्विडेन पुगेका छन् ।
रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन ।
प्रकाशित समय : ०६:२७ बजे



















