global ime bank Long Banner Ad

गृहपृष्ठ चालु आवमै बैंकहरुले कर्जा ब्याजदर २१ प्रतिशत पुर्याउँछन् : प्रसाई

चालु आवमै बैंकहरुले कर्जा ब्याजदर २१ प्रतिशत पुर्याउँछन् : प्रसाई

चालु आवमै बैंकहरुले कर्जा ब्याजदर २१ प्रतिशत पुर्याउँछन् : प्रसाई

बैंकहरुले भदौ महिनाका लागि कायम हुने ब्याजदर निर्धारण गरि सार्वजनिक गरेका छन् । आगामी भदौमा बैंकहरुले व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । संस्थागततर्फ भने ९.८९६ प्रतिशत ब्याज दिने भएका हुन् ।

चालु आर्थिक वर्षभित्र कर्जा ब्याजदर १५ देखि २१ प्रतिशतसम्म ब्याजदर बृद्धि गर्ने बैंकहरुको आन्तरिक तयार रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाई बताँउछन् ।
चालु आर्थिक वर्षमा कर्जा ब्याजदर १५ देखि २१ प्रतिशत सम्म पुग्दा नेपाली व्यवसायी व्यापार–व्यवसायबाट पलायन हुने प्रसाईले बताएका छन् ।

पछिल्लो समय बैंकका कर्जा ब्याजदर बृद्धि भएका कारण नेपाली व्यवसाय व्यापार छाडेर वैदेशिक रोजगारीतिर जान थालेको प्रसाईले औल्याएका छन् ।
केही ठुला र देशको पैसा पलायन गर्ने उद्देश्य बैंकबाट ऋण लिएका व्यवसायीहरु ऋण नतिरेका कारण पनि देश आर्थिक संकटमा फसेको प्रसाईले बताए ‘देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ ।

एउटा गु्रपले एक करोड लगानी गरी १० खर्बसम्म कर्जा बैकबाट लिएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन भएका कारण पनि आर्थिक मन्त्री देशमा देखिएको छ ।’ उनले भने, ‘आर्थिक मन्दीको यो सामान्य चरण हो । अहिले सञ्चालनमा रहेका कतिपय व्यापारी स्टक सम्मान बेचेर व्यवसाय छाडने पक्षमा छन् । हाल देखिएको समस्या सामान्य हो ।’

बैंकको कर्जा तिर्न नसकेर कयौं नेपाली व्यवसायी घरविहिन भएर व्यवसाय नै छाडेर भागिरहेको उनको दाबी छ । बैंककोे चर्को ब्याजका कारण धेरै नेपाली व्यवसायी सुकुम्वासी भएको प्रसाई बताउँछन् ।

नेपालको पैसा केही व्यवसायीहरुले कब्जाका गरेका कारण देश आर्थिक मन्दीमा परेको हो । यो समस्या कायम रहे आगामी वर्ष नेपालमा खाद्यन्यमा संटकमा पर्नसक्ने उनको बुझाइ छ । बैंकले निक्षेप ब्याजदर पनि १५ प्रतिशतले बढाउने तयारी गरिहेको प्रसाईले जानकारी दिए ।

बैंकको चर्को ब्याजदरका कारण देश भरका ६० प्रतिशत व्यापारिक सटर खाली भइरहेका छन् । दशैंपछि यो दर बढे जाने उनको दाबी छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु