global ime bank Long Banner Ad

गृहपृष्ठ घण्टी बजाँउदै रास्वपा आएपछि सरकारलाई भ्रष्टाचारका फाइल खोल्ने प्रेरणा मिल्यो

घण्टी बजाँउदै रास्वपा आएपछि सरकारलाई भ्रष्टाचारका फाइल खोल्ने प्रेरणा मिल्यो

घण्टी बजाँउदै रास्वपा आएपछि सरकारलाई भ्रष्टाचारका फाइल खोल्ने प्रेरणा मिल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलको उदयका कारण सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा मिलेको बताएका छन्।

सोमबार रास्वपा सुदूरपश्चिम(काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले अहिले नै फायरिङ नखोले ८४ को निर्वाचनसम्म के हो के सोचेर सरकारले भ्रष्टाचारका फाइल खोलेको उनको भनाइ थियो।

जसरी भ्रष्टाचार विरुद्ध बुलन्द आवाज उठाउँदै रास्वापा घण्टी बजाउँदै अगाडि आयो। सम्भवत त्यो आगमनलाई सरकारलाई कुनै न कुनै रुपमा पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएको हुनुपर्छ, उनले भने, लागेको हुनुपर्छ अहिले नै फायरिङ नखोले ८४ सम्म के हो के हो ? त्यसकारण यो संकेत देखिएको छ।

उनले रास्वपाको उपस्थितिले सडकदेखि सदनसम्म होसियारी देखिएको र पुराना दलहरू पनि चलायमान बनेको बताए।

 

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु