गृहपृष्ठ एनआईएमबी एस क्यापिटल र र गोल्छा ग्रुपबीच सम्झौता
एनआईएमबी एस क्यापिटल र र गोल्छा ग्रुपबीच सम्झौता
एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपबीच एनआईबीएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “Corporate Payroll SIP” लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सन्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड को प्रालिबीच सम्झौता भएको हो ।
यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड को प्रालिका कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को प्रालिका सहायक महाप्रबन्धक एच।आर। नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को का सहायक महाप्रबन्धक अकाउन्ट एण्ड फाइनान्स सन्तोष प्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका वित्त नियन्त्रक अकाउन्ट एण्ड फाइनान्स योगेश चन्द्र पन्तको पनि उपस्थिती रहेको थियो ।
प्रकाशित समय : १४:०६ बजे



















