गृहपृष्ठ सिटिजन्स बैंकको नाफा १० प्रतिशतले बढयो
सिटिजन्स बैंकको नाफा १० प्रतिशतले बढयो
सिटिजन्स बैंक लिमिटेडको खुद नाफा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले नाफा बढेकाे देखिएको हो ,
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आव २०७८/७९ सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेको छ । यसैगरी बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा बैंकको १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । गत आवमा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रकाशित समय : १५:३९ बजे




















