गृहपृष्ठ खाँणबारे मौन काँग्रेस किन बोलेन ?
खाँणबारे मौन काँग्रेस किन बोलेन ?
नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्ने भएपछि बालकृष्ण खाँण निलम्बनमा पर्ने पुरापुर एकीन गरिएको थियो । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे मौन रहँदै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।
पार्टी कार्यालय, सानेपामा २ साउनमा सुरु भएर बुधबार सकिएको बैठकले मंसिरान दोस्रो महासमिति बैठक गर्नेसहित १८ वटा निर्णय गरेको छ । तर खाँणका बारेमा बोल्दै बोलेको छैन । बैठकमा खाँणको बचाउ र विपक्षमा प्रशस्तै छलफल र बहस भयो, चर्काचर्कीसमेत चल्यो । तर बैठकले खाणँबारे कुनै निर्णय नगर्नु अचम्मको विषय बनेको छ ।
केन्द्रीय सदस्य समेत रहेका खाँणका विषयमा महामन्त्री गगनकुमार थापाले फरक मत लिखित रुपमै राखेका छन् । अरु निर्णय सर्वसम्मत छ । तर संगठनमा इतर पक्ष र तत्कालिक राजनीतिक एजेण्डामा सभापति शेरबहादुर देउवाले चाहेअनुसार निर्णय भएको छ ।
बैठकले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको जनाएको छ । तर खाणमाथि कारबाही वा बचाउबारे बोलेको छैन । बैठकमा खाणको बचाउमा खुलेआम उत्रिएका काँग्रेस नेताहरूले निर्णयमा भने मध्यमार्गी बाटो रोजेका देखिएको छ ।
प्रकाशित समय : ०६:२३ बजे




















