गृहपृष्ठ कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा हुँने सत्ता गठबन्धनको निर्णय
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा हुँने सत्ता गठबन्धनको निर्णय
कोशी प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय भएको छ । अजा प्रधानमन्त्री विवास बालुवाटारमा बसेको बैंठकमा उक्त निर्णय भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ ।
यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।
गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।
प्रकाशित समय : १२:४७ बजे


















