global ime bank Long Banner Ad

गृहपृष्ठ आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ खुल्यो

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ खुल्यो

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ खुल्यो

आईएमई लाइफ इन्स्योरेन्सको बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला भएको छ । यसअघि कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबारबाट आवेदन खुला गरेको हो ।

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु