global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भिजि ईम्पेक्स र नबिल बैंकबीच सम्झौता, जि.डब्लु.एमका गाडीहरुमा फाईनान्सिङ सुविधा

भिजि ईम्पेक्स र नबिल बैंकबीच सम्झौता, जि.डब्लु.एमका गाडीहरुमा फाईनान्सिङ सुविधा

भिजि ईम्पेक्स र नबिल बैंकबीच सम्झौता, जि.डब्लु.एमका गाडीहरुमा फाईनान्सिङ सुविधा

जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग यसको इन्टरनल कम्बसन इन्जि आईसीईसवारीसाधनहरु (हाभल जोलायन, हाभल एच ६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ ।

भिजी इम्पेक्स– जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ सुश्री चाँदनी श्रेष्ठले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।

नबिल बैंकले आईसीई मोडललाई १२.९०% र ईभीको लागि १२.१५% ब्याजदरमा ५०% सम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जि.डब्लु.एमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु