गृहपृष्ठ वेस्ट इन्डिजविरुद्ध लामिछानेले लिए तेस्रो विकेट
वेस्ट इन्डिजविरुद्ध लामिछानेले लिए तेस्रो विकेट
जिम्बाब्बेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध नेपालका लागी सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन्। सन्दीपले ब्रान्डन किङलाई ३२ रनमा आउट गराए ।
वेस्ट इन्डिजले १५.३ ओभरमा ५५ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको छ । हरारे स्पोर्ट्स क्लबमा नेपालले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएको हो ।
यसअघि करण केसी र गुल्सन झाले विकेट लिएका थिए । करण केसीले कायल मेयर्सलाई एक रनमा आउट गराउँदा गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमै आउट गराएका थिए ।
प्रकाशित समय : १४:४१ बजे


















