गृहपृष्ठ मेयर बालेन : १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
मेयर बालेन : १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
काठमाडौं महानगरपालिककाका मेयर बालेन्द्र साह ‘बालेन’ले १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जानकारी गराएका छन् । अझ आउने दिनमा जग्गा संरक्षग कार्य जारी रहने उनले बताएका छन् ।
उनले सामाजकि सञ्जाल फेस्बुकमा एक पोष्ट लेख्दै ४२ किलोमिटर सडक कालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएको जानकारी दिएका छन् ।
‘हाम्रो घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थियौ। हामी यस पालिका भित्र बस्ने आम मतदाताहरूको हितमा काम गर्दै आइरहेको यहाँहरूलाई थाहा नै छ’, उनले फेस्बुकमा लेखेका छन्, ‘विगत लामो समयदेखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो।
त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौ।’
घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेका थियौ। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएका छन् बालेनले भनेका छन् ।
सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको समेत मेयर साहले जनाकारी दिएका छन् ।
‘सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको छ। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ।’ बालेनले भनेका छन् ।
प्रकाशित समय : १७:२४ बजे



















