global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने

नेपालमा मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने

नेपालमा मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने

यो वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो । नेपालको अरु भू–भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताएका छन् ।

नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला मनसुन भित्रिएसँगै केही राहतसमेत भएको छ । आज सबैभन्दा धेरै धनगढीमा ४०.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

सबैभन्दा कम ताप्लेजुङमा २५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । तराई क्षेत्रमा पनि तापक्रम घट्दै गएको छ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु