global ime bank Long Banner Ad

गृहपृष्ठ असारमा पनि बैंकहरुको ब्याजदर स्थिर रहने

असारमा पनि बैंकहरुको ब्याजदर स्थिर रहने

असारमा पनि बैंकहरुको ब्याजदर स्थिर रहने

असारमा बैंकहरुले निक्षेपको ब्याजदर यथावत राख्ने निणर्य गरेको छ । मंगलबार बसेको बैंकर्स सँघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असरमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन् ।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन् । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए ।

संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ । कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ।

अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन् ।

 

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु