global ime bank Long Banner Ad

गृहपृष्ठ जबर्जस्ती अनलाइन ठगीमा संलग्‍न गराइएका ६५ नेपालीको फिलिपिन्सबाट उद्धार

जबर्जस्ती अनलाइन ठगीमा संलग्‍न गराइएका ६५ नेपालीको फिलिपिन्सबाट उद्धार

जबर्जस्ती अनलाइन ठगीमा संलग्‍न गराइएका ६५ नेपालीको फिलिपिन्सबाट उद्धार

फिलिपिन्सको पामपान्गामा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ । फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रावसन संगठन (आइओएम)को सहयोगमा उनीहरुलाई काठमाडौं ल्याइएको हो । ६५ जनालाई आईओएमले हवाई टिकट उपलब्ध गराएको हो ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीको साइबरविरुद्धको अपराधको टोलीले पामपान्गाको र्क्लक फ्रिपोर्टस्थित र्क्लक सन भ्याली हब कार्पोरेसन र मावालाकटस्थित विशेषा आर्थिक क्षेत्रमा छापा मार्दा ६९ जना नेपालीसहित ११ सय ३७ जना विदेशीलाई उद्धार गरिएको थियो ।

अनलाइनमार्फत ठगी धन्दा गर्न लगाउने १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । जसमा सात जना चिनियाँ, दुई जना इन्डोनेसिया र एक मलेसियन नागरिकलाई हिरासतमा राखेर छानबिन भइरहेको छ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु