global ime bank Long Banner Ad

गृहपृष्ठ स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीपछि अर्थ समितिको निर्देशन

स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीपछि अर्थ समितिको निर्देशन

स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीपछि अर्थ समितिको निर्देशन

स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरहरूको नयाँ लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोक्न संघीय संसद्को अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको निष्कर्षका आधारमा समितिले सोमबार अर्थ मन्त्रालयमार्फत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई उक्त प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

नयाँ लाइसेन्स वितरणको प्रक्रिया रोक्न गत वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निजी लगानीको स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण गर्दा आर्थिक चलखेल हुन सक्ने र त्यसले नकारात्मक प्रभाव पार्ने निष्कर्षसहित उक्त प्रक्रिया रोक्न निर्देशन दिएका थिए । धितोपत्र बोर्डले ‘बिचौलियाको सेटिङमा’ लाइसेन्स दिने प्रक्रिया अघि बढाएको आरोप लाग्दै आएको थियो ।

अहिले समितिले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीसँगै स्टक एक्सचेन्जको अनुमति प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु