global ime bank Long Banner Ad

गृहपृष्ठ बेलकामा रसायनिक मलमा सहकारीले मनपरि भाउ राखेपछि नगरले तोक्यो दररेट

बेलकामा रसायनिक मलमा सहकारीले मनपरि भाउ राखेपछि नगरले तोक्यो दररेट

बेलकामा रसायनिक मलमा सहकारीले मनपरि भाउ राखेपछि नगरले तोक्यो दररेट

उदयपुरको बेलका नगरपालिकाका सहकारीले रसायीनिक मल विक्री गर्दा मनपरि दररेट राखेपछि पालिकाले दरभाउ तोकेको छ । आज(आईतबार) एक सूचना प्रकाशित गर्दै पालिकाले दररेट तोकेको हो ।

नगपालिकाका विभिन्न वडाका किसानहरुबाट गुनासो आएकाले बेलकाका सम्पुर्ण सहकारीलाई दररेट तोकिएको नगरले जनाएको छ ।

पालिकाले युरिया प्रति केजि २५ रुपैयाँ र डिएपी ५५ रुपैयाँ दररेट तोकेको छ । उक्त दररेट भन्दा बढीमा बिक्री गरिएको पाएमा त्यसस्ता सहकारी वा बिक्री केन्द्रलाई कारबाही गर्ने बेलकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले सूचना मार्फत भनेका छन् ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु