global ime bank Long Banner Ad

गृहपृष्ठ उत्पादनको कुरा गरेर मात्र हुँदैन्, बजार खोई सरकार : विदेशबाट फर्किएका व्यवसायी

उत्पादनको कुरा गरेर मात्र हुँदैन्, बजार खोई सरकार : विदेशबाट फर्किएका व्यवसायी

उत्पादनको कुरा गरेर मात्र हुँदैन्, बजार खोई सरकार : विदेशबाट फर्किएका व्यवसायी

विदेशका रोजगारदाताहरु सिस्टममा चल्छन् । त्यहाँ समय र पसिना बगाएअनुसार श्रमिक सेवा–सुविधा पाउने गरेको आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित बाराका सरोज कोइराला बताउँछन् ।

वैदेशिक रोजगारीमा लामो समय यूएईमा बिताएर अहिले निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गदै आएका व्यवसायी कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

 

वैदेशिक रोजगारीमा लामो समय यूएईमा बिताएर अहिले निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आउनुभएका कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपालीहरु कार्यरत देशका रोजगारदाता कम्पनीहरु दशकको योजना बनाएर व्यवसाय सुरु गर्नेगरेको उनले बताए । ‘नेपालमा व्यवसायीलाई सरकार व्यवस्थित गर्न सक्नुपर्छ । यहाँ धेरै थोकको उत्पादन गर्न सकिन्छ । नेपालमा हावापानी र स्वथ्य खाने कुरा उत्पादन गर्न सकिन्छ ।’ उनले भने, ‘विदेशमा व्यवसायीले उत्पादन गरेका सामाग्री सरकारले बजारमा पु¥याउन सहयोग गर्छ । नेपालमा अहिले सबैभन्दा धेरै समस्या बजारको छ । यो विषयमा सरकारले चासो दिनुपर्छ ।’
नेपालमा सम्भावना भएपनि गर्न सबै क्षेत्र चुकेको र पुँजीको सही क्षेत्रमा लगानी नभएको उनको भनाइ छ ।

 

काइरोलाजस्तै रसिलो एग्रिकल्चर नेपाल प्रालीका सञ्चालक मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँलाई संयुक्त रुपका पुरस्कारबाट सम्मानित भएका छन् । उनीहरु तीनै जना दक्षिण कोरियामा रोजगारीमा बसेर फर्किएका हुन् ।

सरकारले व्यवसायमा संलग्न व्यवसायले उत्पादन गरेको बजारीकरण गर्नुपर्ने मनोज ढकालको माग छ । नेपाललाई हावापानी र प्रकृतिले साथ दिएपनि कृषिमा फड्को मार्न नसकेको देश भएको उनले बताए । ‘कोरियाले जबरजस्ती कृषिमा प्रविधि प्रयोग गरेर विकास गरिरहेको छ । तर, नेपालमा कृषि ओझेलमा परेको छ । सरकार, कृषि व्यवसायी र सम्बन्धीत पक्षले कृषि बुझन नखोजेको जस्तो देखिन्छ ।’

नेपालमा उत्पादन मात्र गर्ने खोजिन्छ । तर, बजारीकरणमा कसैको चासो नदेखिने गरेको उनको आरोप छ । कृषिमा उत्पादनभन्दा बजारीकरणको आवश्यक पर्ने उनको भनाइ छ ।

श्रम मन्त्रालयले एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालीका सञ्चालक म्याग्दीका महिन्द्र बानियाँ, छिन्गु मल्टी पर्पोज प्रालीका सञ्चालक रुपन्देहीका सुवर्ण पोखरेल र एमएस कृषि तथा पशुपालन फर्मका सञ्चालक महोत्तरीका मनोज राई सम्मानित भएका छन् ।

 

यस्तै, किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फर्मका सञ्चालक सुनसरीका नवीनकुमार राई, कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्राली (कार्ट्स)का सञ्चालक नवलपरासीका मोहनबहादुर कार्की र बेदकोट बेस्लरी उद्योगका सञ्चालक कञ्चनपुरका धनबहादुर धानुक यो सम्मान तथा पुरस्कारबाट सम्मानित भए ।

सम्मानित भएका उद्यमी मलेसिया, खाडीका देश लगायत दक्षिण कोरियामा रोजगारी गरेर फर्किएर नेपालमा व्यवसायी गरिरहेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै वैदेशिक रोजगारीबाट फर्किएर देशभित्र रोजगारी, सीप र आर्थिक क्षेत्रमा सहयोग पु¥याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । सरकारले विदेशबाट फर्किएका युवाहरुलाई उद्यमी, कृषि र अन्य पेशा व्यवसायका लागि सहयो गदै आएको उनले आश्वासन दिए ।

विगत केही वर्षयता अर्थतन्त्रको मेरुदण्ड वैदेशिक रोजगारी क्षेत्र बनिरहेको र विदेशबाट फर्किएका युवाहरु उद्यमी बन्द थप सहयोग पुगेको श्रम मन्त्रालयले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० जना उद्यमीलाई पुरस्कारसहित सम्मान गरेको हो ।

२०७६ सालदेखि यो पुरस्कार प्रदान गरिँदै आएको छ । मन्त्रालयले यो पुरस्कारको लागि आवेदन माग गर्छ । मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्ने उद्यमीहरु यस पुरस्कारबाट सम्मानित हुन्छन् । यो पुरस्कारको लागि कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरेर फकिएको हुनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किर नेपालमा व्यवसाय सञ्चालन गरेको पनि कम्तीमा एक वर्ष पूरा भइसकेको हुनुपर्छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु