global ime bank Long Banner Ad

गृहपृष्ठ संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको अवसरमा वाकाथन कार्यक्रम गरेको छ। वातावरणसम्बन्धी चेतना फैलाउने उद्देश्यले सोमबार कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ।

कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावकको सहभागिता थियो। वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ नारालाई मूल मर्म बनाउँदै विभिन्न सन्देशसहितका ब्यानर र पोस्टर बोकेर वाकाथन गरिएको स्कुलको भनाइ छ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु