global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय लोकमार्गमा ढुङ्गा र बालुवा, दुर्घटनाको खतरा

राष्ट्रिय लोकमार्गमा ढुङ्गा र बालुवा, दुर्घटनाको खतरा

राष्ट्रिय लोकमार्गमा ढुङ्गा र बालुवा, दुर्घटनाको खतरा

लोकमार्गको छेउछाउँमा ढुङ्गा, गिट्टी, बालुवा र विद्युतीय तार छरपस्ट पारिएका छन् । छेउतिर दरमखोला र कुनापट्टी बडेमानका फलामका पाइप । यातायातका साधान निकै जोखिम मोलेर गुड्छन् । पदैलयात्रु पनि सडकभरी लत्रिएका विद्युतीय तारबाट करेन्ट लाग्ने डरले निकै मुस्किलका साथ हिँड्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोट नगरपालिका–मनेवापाटामा मापदण्ड मिचेर हाइड्रोपावर निर्माण भइरहेको छ ।

दरमखोला हाइड्रोपावर प्रालिले लोकमार्ग कार्यालयसँग सम्झौता गरेर निर्माण थाले पनि अहिले मापदण्ड विपरीत गरिरहेको पाइएको छ । लोकमार्ग नै अतिक्रमण गरेर हाइड्रोपावर निर्माण गर्दा सरोकारवाला निकायले कुनै पनि अनुगमन गरेर अटेरी गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सकेको छैन । हाइड्रोपावर प्रालिले सडक साँघुरो हुनेगरी विछ्याइएका पाइपले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

व्यक्तिगत कम्पनीले सार्वजनिकस्थल मिचेर काम गर्दा सरोकारवाला मौन बस्नु रहस्यम रहेको यात्रुको भनाइ छ । निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप विछ््याउने गरेको गाडी चालकको गुनासो गर्छन् । मध्यपहाडी लोकमर्गा कार्यालय पर्वतका इञ्जीनीयर राजन पाण्डेले हाइड्रोपावर प्रालिलाई सडकमा यातायातका साधान खुल्ला रुप चल्न दिने गरी काम गर्न पत्रचार गरे पनि अटेरी गरिरहेको बताए।

सडकको दुई/चार स्थानमा ठाउँमा मापदण्ड विपरीत काम गरेको इञ्जीनियर पाण्डेको भनाइ छ । उनका अनुसार नौ सय मिटर लोकमार्ग हाइड्रोपावर प्रालिलेनै कालोपत्र गरिदिने सम्झौतामा छ । उनले भने,“मापदण्ड अनुसार र निर्माण सामग्री व्यवस्थित रुपमा राखेर निर्माण गर्न गर्न आठ/दशवटा पत्र पठायौँ तर कुनै वास्ता नगरी काम गरेको छ, हाइड्रोपावर प्रालिले अटेरी गरी राख्दा सवारीसाधान आवतजावतमा समस्या परेको छ, अहिले हामीहरुले प्रेसर गरेपछि छेउपट्टीबाट पर्खाल उठाउने काम गरिरहेको छ, कम्पनीले सम्झौता अनुसार काम गरेको भए समस्या हुने थिएन ।”

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु