global ime bank Long Banner Ad

गृहपृष्ठ बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए महानगरले कारबाही गर्ने

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए महानगरले कारबाही गर्ने

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए महानगरले कारबाही गर्ने

नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशित गर्दै महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन पनि अनुरोध गरेको छ ।

नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा/भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिने उक्त सूचनामार्फत जनाइएको छ । कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ ।

सूचनाअनुसार १५ दिनभित्र सूचीकृत हुन नआएमा घरेलु बालश्रम राखेको मानेर प्रचलित कानुनअनुसार कारबाही गर्ने महानगरपालिकाले चेतावनीसमेत दिएको छ । बालश्रम निषेध गर्ने ऐन २०५६ को दफा ५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरिएको छ ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु