global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीमा तीनै दल मुख्यमन्त्रीको कुर्सी ताक्दै 

कोशीमा तीनै दल मुख्यमन्त्रीको कुर्सी ताक्दै 

कोशीमा तीनै दल मुख्यमन्त्रीको कुर्सी ताक्दै 

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकार छाडेपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमत परेको छ ।

माओवादीका १२ सांसदले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकारले बजेट ल्याउन नपाउन अवस्था सिर्जना भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा एमाले, माओवादी, राप्रपा र जसपाका गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । दुवै मन्त्री आजै मुख्यमन्त्रीलाई राजीना बुझाउने माओवादीले जनाएको छ । उनीहरु गत माघ ६ गते मन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्छ । माओवादीले समर्थन फिर्ता दिएपछि ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र छन् ।

तीनै दल मुख्यमन्त्री ताक्दै

माओवादीले अर्को सरकार गठनका लागि मुख्यमन्त्रीमा आफ्नै दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने निर्णय पनि गरेको छ । भने, एमाले राप्रपा र जसपालाई फकाएर अथवा राम्रो मन्त्रालय लिएर सरकार टिकाउन मुख्यमन्त्री कार्की छलफलमा जुटेका छन् ।

यस्तै, माओवादीले साथ दिएमात्रै कांग्रेसले सरकार बनाउन सक्ने अवस्था छ । माओवादीसहित अन्य साना पार्टीको सहयोगमा कांग्रेसले सरकार बनाउन सकिने बताउँदै आएको छ ।

माओवादी भने, पहिला आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्कसहित मुख्यमन्त्रीका दाबी गर्न थालेको छ । माओवादीले भने अहिले एमाले र कांग्रेससँग समानान्तर रूपमा बार्गेनिङ गरेर मुख्यमन्त्री लिन खोजेको आजको निर्णयबाट थाहा हुन्छ ।

माओवादीले पहिला एमालेलाई समर्थन गर्दा पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो । यतिबेला केन्द्रीय गठबन्धन आलोपालोमा सहमति नभए सरकारमा सहभागी नहुने अडान राखेपनि सरकारमा सहभागि भएको थियो ।

कांग्रेसले मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले जानकारी दिए । एमालेको सरकार अल्पमतमा परेपछि कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेस लिन उनको भनाइ छ ।

यस्तै, अहिलेको अवस्थामा माओवादीले पनि सरकारको नेतृत्व गर्न सक्ने र मुख्यमन्त्रीसहित सरकारमा जाने निर्णय पार्टी गरेको आङ्बो जानकारी दिए । सबै पार्टीको समर्थन लिएर सरकार बनाउने पक्षमा माओवादी रहेको उनको भनाइ छ ।

कुन् पार्टीलाई सरकार बनाउन सहज छैन

माओवादीले समर्थन फिर्ता लिएसँग वर्तमान सरकार अल्पमतमा परेको छ । उता, एमाले र राप्रपा बाहेकका पार्टीहरु मिलेर सरकार बनाउन सक्ने सम्भावना पनि कम नै छ ।

भने, कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गरी ४७ सांसद पुगेपनि सभामुखले विश्वासको मत दिन नपाउने कानुनी व्यवस्था छ । जसका कारण अहिलेको अवस्थामा सबै पार्टी सरकार बनाउन सहज छैन ।

सभामुखले मत दिएमा बहुमत जुटाउन सक्ने आशामा रहेको कांग्रेस–माओवादीसहित सत्ता गठबन्धनका दलहरु विश्वासको मत लिने र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुँदै आएको छ ।
जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपाले एमालेलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नलिएकाले अझै पनि कार्की नेतृत्वको सरकारमा ४७ सांसदको समर्थन भने देखिन्छ ।

कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । अल्पमतमा परेपछि हिक्मत कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश सरकार बजेटको तयारीमा रहेका छ । एमालेका मुख्यमन्त्री हिक्मत कार्की बजेटको तयारीमा लागेका बेलामा सरकार गठबन्धन हेरफेर अवस्थामाल पुगेको हो ।

माओवादीबाट सरकारमा सहभागि मन्त्रीहरुपनि बजेटपछि मात्र सरकार छाड्ने पक्षमा थिए । तर, पार्टी सरकार छाड्ने निर्णय गरेपछि आजै उनीहरुले राजीनामा दिदैँछन् ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु