गृहपृष्ठ ८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना
८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना
अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराईएको छ । बिषाक्त सेवन गर्न दिईएका कारण बिरामी परेका छात्राहरुलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको उपचार जारी रहेको छ ।
स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् । प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित समय : ११:०६ बजे



















